काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
मङ्गलबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्