मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नसोचेको काम बन्नसक्ने समय छ । अर्थलाभका अवसर आउने छन् भने व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । तीर्थ, व्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक प्रतिष्ठा वृद्धि होला । व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मिठो भोजन प्राप्ति र रमाइलो यात्रामा सरिक हुने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभता र प्रगतिको दर बढ्नेछ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रागत कार्यमा विशेष लाभ हुनेछ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कामले प्रशंसा दिलाउने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय केही चुनौतीयुक्त रहला । आर्थिक संकट आउनसक्ने र लेनदेनमा विवाद हुने सम्भावना छ, विशेष सजग रही व्यवहार गर्नुहोला । अर्थहानीको योग छ । घरायसी समस्या वृद्धि हुनुका साथै पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । मित्र बनेर धोकादिनेहरु देखापर्नसक्छन्, सावधानी अपनाउनु हितकर हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन दौडधुप र जोखिम बढ्न सक्छ । आफ्नोलागि समय कम हुने र अरुको काममा ज्यादा समय दिनुपर्ला । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने सम्भावना छ । नोकरी तथा राजनीतिमा भने मान–सम्मान प्राप्त होला । अरुको मन जित्न सकिनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि नसोचेको लाभ प्राप्त हुनसक्ने योग छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक लेनदेनका कार्य लाभदायी रहला । दाम्पत्य सम्बन्ध सुखद रहने र प्रेमको बन्धन कसिने देखिन्छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परोपकार तथा सामाजिक कार्यका साथै मनोरञ्जनमा भुलिने समय छ । व्यापार–व्यवसायमा उचित लाभ होला । साथीभाइले पनि राम्रै सहयोग गर्लान्, तर आजको दिन आफन्तजनको सहयोग भने मिल्न कठिन छ । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सानातिना घरायसी काममा समय खर्च हुनेछ । कृषि, पशुपालनमा रहनेका लागि लाभदायी दिन छ । आजको दिन लेनदेनको व्यवहार सकभर नगर्नु उचित हुनेछ । ब्यापार–व्यवसायमा घाटा ब्यहोर्नुपर्ने योग रहेकोले सावधानी अपनाउनुहोला । यात्रागत कार्य पनि आज थाती राख्नु नै बेस हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन शुभदायी छ । व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ भने नयाँ कार्य आरम्भ गर्ने योजना सार्थक रहला । कुरा काटनेहरु प्रशंसक बन्नेछन्, मन हर्षित रहनेछ । पढाइलेखाइमा सुधार आउने समय छ । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ब्यस्तता बढेपनि लामो समयदेखि रोकिएका कामहरू बन्नसक्ने दिन छ । हौसला र पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने योग छ । मन हर्षित रहनेछ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम बढ्नेछ । स्वास्थ्यस्थितिमा सुधार आउला । नयाँ आयआर्जनको स्रोत फेलापर्ने देखिन्छ । केही चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): खर्च र विवाद बढ्ने तथा शत्रुले सताउन सक्ने समय छ । महत्वपूर्ण कार्यमा अचानक अवरोध आउनसक्ने योग भएकोले अत्यन्त सावधानीका साथ कदम अघि बढाउनु हितकर होला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान राख्नु उचित हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने र आफन्तजनको उचित सहयोग मिल्ने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु उचित रहला । ठुला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्