चितवन,। थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचि भएको हो । यसअघि उन संघको वरिष्ठ उपाध्यक्ष थिए।
यसैगरी संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले बताए । त्यस्तै, संघको महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित भएको छ ।यसैगरी संघको सदस्यमा मिनादेवि विश्वास र सम्भुप्रसाद चौधरी निर्वाचित भएको निर्वाचन समितिका सदस्य मदन चौधरीले जानकारी दिए ।
थप सदस्य कार्यसमितिको वैठक बसेर मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले बताए। संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ । अध्यक्षमा निर्वाचित भएपछि धन्यवाद दिंदै नवनिर्वाचित अध्यक्ष चौधरीले संघको कामलाई चुस्त बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
संघको छैठौं महाधिवेशनको उदघाटन यु्वा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गेका थिए । उदघाटनसत्रमा थारु आयोगका सदस्य सुबोधसिंह चौधरी, थारु कल्याणकारिणीसभाका अध्यक्ष प्रेमीलाल चौधरी, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज का अध्यक्ष गजुृरधन राई, वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, फोनिज काठमाडौंका अध्यक्ष भीम लामा, थारु नेताहरु कानुनलाल चौधरी, चन्द्रप्रसाद चौधरी, जातीय पत्रकार संघका अध्यक्षहरुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्