Ads

सेयर बजार परिसूचक (नेप्से) ३२.२१ अंकले घट्यो


काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) सातौँ दिनपनि घटेको छ । गत सातादेखि घट्न थालेको सेयर बजार परिसूचक (नेप्से) मंगलबार ३२.२१ अंकले घटेको छ । यससँगै मंगलबार नेप्से परिसूचक २७१९.२० विन्दुमा झरेको छ  ।

यसअघि सोमबार २०.६८ अंकले घट्दा बजार परिसूचक २७५१.४२ विन्दुमा अडिएको थियो । नेप्से घटेपनि झिनो परिमाणमा कारोबार बढेको छ । आज ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बजारमा ३२ कम्पनीको मूल्य बढेको छ । २०९ कम्पनीको मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू