Ads

२०८१ चैत्र ३ गते आईतबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउला । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, संयमता र धैर्यका साथ व्यवहार गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । कृषिकार्यबाट पनि फाइदा लिन सकिनेछ । पढाइलेखाइमा भने खासै मन नजाला । घरमा पहुना आगमनको योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिन प्रायः सबै काम बन्नेछन्, मित्रजनको साथ–सहयोग पनि पाइनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन राम्रै हुने देखिन्छ । आम्दानीको नयाँ श्रोत फेला पर्ने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन भाग्यले खासै साथ नदिने देखिन्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्यमा पनि केही कमजोरी अनुभव हुनेछ । वैदेशिक कार्यमा असफलता तथा सास्ती मिल्ने योग छ । खर्चवृद्धि तथा धननाशको सम्भावना भएकोले विशेष सतर्कता अपनाइ व्यवहार गर्नु हितकर हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । मित्र एवम् आफन्तजनबाट साथ-समर्थन एवम धन प्राप्त हुने योग छ । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्नेछ । धनलाभ होला । आरोग्यता रहनेछ । रसरागको भाव जागृत हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिवारजनबाट सुखको अनुभूति हुने समय छ । धन कमाउने बाटाहरुको थालनी होला । आजको दिन तपाईंलाई अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । विशेष काममा सफलता मिल्ने देखिन्छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित रहला ।आयबल बढ्नेछ । समग्रमा दिन रमाइलो छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने सम्भावना छ, सावधानी अपनाउनुहोला । दैनिक प्रयोगको सामानमा खराबी आउनाले अर्थहानी हुन सक्छ । स्वास्थ्यगत समस्याको योग रहेकोले विशेष सावधानीको दरकार छ । सामान्य रोगब्याधले पनि सताउन सक्छ । तथापि, दह्रो आत्मविश्वासले कर्मबल बढाउला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । तथापि, आजको दिन सोचेअनुसार सबै काम सम्पन्न भने नहोला । महत्वपूर्ण योजनामा बाधा ब्यहोर्नुपर्ला । अरुको काम धेरै गर्नुपर्ने तर जश भने कममात्र मिल्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): जोखिम वृद्धि भएपनि आजको दिन आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट लाभ मिल्ने योग छ । स्वास्थ्य सबल रहला । सामाजिक कार्यले सम्मान दिलाउला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । नयाँ कामको योजना बनाउँदा फाइदा हुन सक्छ । ब्यापार–ब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाईंलाइ काममा जाँगर चल्नाले मन खुशी रहला । आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ नै हुनेछ । दाम्पत्य सुख बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन खासै सन्तोषजनक नरहला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ, चोटपटकको भय पनि छ, सजगता अपनाउनुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुराकाटनेहरू सक्रिय रहलान् । ओहदावाल वा ठूला व्यक्तिबाट आलोचना हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू