Ads

सिजनमा महिनामै २० लाखको कारोबार, फूल बेचेरै मासिक दुई लाख बचाउँछिन् सरिश्मा


बन्दीपुर,। यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरीन्  । फूलको व्यापार विस्तार गर्दै  सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकाे । हाल  मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब रु दुई लाख बचत हुने उनले बताइन् ।

“पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ”, गुरुङले भने । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन । “व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको , फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ”, उनले भनिन् ।रासस

Ads

सम्बन्धित पोष्टहरू