काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज ७.६६ अंकले घटेको छ । यस साताको तेस्रो कारोबार हुँदा मंगलबार नेप्से ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा मंगलबार ४ अर्ब ३४करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोड बराबरको सेयर कारोबार भएको थियो ।
आज १५२ कम्पनीको सेयर घटेको छ भने ८६ कम्पनीको सेयर बढेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्