काठमाडौं । करोडाैं नगदसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई टोखाबाट पक्राउ गरेको हो । करिब २० कराेड भन्दा बढी नगदसहित एक ट्रक नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको छ । उनीहरूले उक्त नगद ट्रकमा राखेका थिए । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।
उक्त रकम के प्रयोजनका लागि कहाँ लैजान लागिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्