मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना घरायसी काममा समय बित्ने देखिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । ब्यापारमा भने केही फाइदा नै हुने देखिन्छ । यात्राको तयारीमा हुनुहन्छ भने सकभर थाती राख्नु नै बेस हुनेछ । बेकारको विवादमा फस्ने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । केही चुनौती वृद्धि भइ नियमित काममा दबाबको सामना गर्नुपर्ला । लेनदेनमा समस्या आउन सक्छ । जागीरमा हुनेका लागि सम्मान पाइने योग छ । व्यापारमा गरेको लगानी पनि सन्तोषप्रद रहला । अरुबाट मिलेको प्रशंसाले मन हर्षित रहने छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पराक्रम र हौसला वृद्धि भइ रोकिएका काम पूरा हुने समय छ । मन हर्षित रहला । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ । अध्ययन-अध्यापन, कृषि तथा ब्यापारमा उन्नति हुने योग छ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पराक्रम बढ्नेछ । आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । अप्रत्याशित लाभको योग छ । फलदायी यात्रा हुन सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा अवरोध आउनाले धनको नाशका साथै खिन्नता बढ्न सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोला । पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च हुने योग रहेकोले खर्च घटाउने प्रयास गर्नुहोला । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय शुभदायी छ । अधुरा कामहरु बन्नेछन् भने अरुको विश्वास जित्न सकिनेछ । आफन्त एवम् मित्रजनबाट उचित सहयोग मिल्नेछ । पढाइलेखाइमा जाँगर बढ्ने र सफलता मिल्ने देखिन्छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । नयाँ कामको थालनी गर्न सकिने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल रहला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक प्रतिष्ठा बढ्ने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्ला । आफन्त मिलनले सुख दिनेछ । अर्थलाभका अवसर आउने छन् । सोचेभन्दा बढी नै लाभ मिल्न सक्छ । आजको दिन तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त होला । रमणीय र सुखद यात्राको योग छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । आजको दिन कामहरु सजिलैसँग बन्नेछन् । आय वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । घरेलु समस्याले सताउन सक्छ । मित्र बनेर धोका दिनेहरु सक्रिय रहलान्, सावधानीको दरकार छ । खर्च वृद्धि तथा अर्थको हानीको सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । पढाइलेखाइमा ध्यान दिन नसकिएला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल र शुभता बढ्नेछ । नोकरी तथा सामाजिक कार्यबाट मान-सम्मान मिल्ने समय छ । अरुको मन सजिलै जित्न सकिनेछ । नसोचेको धनलाभ हुने योग छ । सानातिना काम र घरेलु समस्याले भने पछ्याइरहने देखिन्छ । महत्वपूर्ण तथा विशेष काम आजको दिन थाती राख्नु नै उचित हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुने समय छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष पनि सन्तोषजनक रहला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने दिन छ । सोचेका काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन सुखदायी रहला । मित्रजनले राम्रै सहयोग गर्लान् । साथीसंगीसँग रमाइलो भेटघाट होला । नयाँ कामका योजना बन्ने देखिन्छ । काममा जोश-जाँगर बढ्ने र आर्थिक लाभ हुने योग छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्