मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )काममा कठिनाइ सामना गर्नु पर्ला, होसियारीपूर्वक काम गर्नुहोस् । यातायातका साधनबाट पनि जोगिनुहोस् । विशेष योजना गोप्य राख्नुहोस्, बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनुहोस् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैया प्राप्त हुनेछ । आम्दानी बढ्नेछ र नयाँ योजनाहरू सिर्जना हुनेछन् । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )मनोरञ्जनात्मक तरिकाबाट काम बन्नेछ र मन हर्षित हुनेछ । पुराना साथीभाईसँग भेट हुनेछ । भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्नेछ । मन प्रफुल्ल रहनेछ । प्रयास गर्दा प्रेममा सफलता पाउने र विवाहको योग पनि छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )परिवारजनमा असमझदारी बढ्नेछ, अभिभावक वा मान्यजन रुष्ट हुन सक्छन्, विचार गर्नुहोस् । इष्या गर्नेहरू सक्रिय रहनेछन् । छर छिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनुहोस् । गलत विचार बढने, समयमा निर्णय नहुदा काममा अवरोध आउनेछ र झगडाको संभावना पनि छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ काममा समय बित्नेछ, नोकरीमा अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धन मग्य कमाउने अवसर मिल्नेछ । जागीरमा पनि ठीकै छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )मान सम्मान बढ्नेछ । सुखको अनुभूति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिहरूको आशा र भरोसा तपाइँमा रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)नयाँ कामको स्रोत फेला पर्नेछ । जागिरमा समस्या देखा पर्ने देखिन्छ । व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जानेछ । विभिन्न लाभ पनि मिल्नेछन् । सहयोग र नयाँ मित्रको आगमनले अन्तत: तपाइँको मन प्रसन्न हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )आज तपाइँको सोच्नुभन्दा नसोचेको ठाउँमा धन जादैछ । सामान्य रोगले पनि सताउनेछ, होसियार रहनुहोस् । उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनुहोस् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, व्यापार र व्यवसायबाट राम्रो लाभ लिन सकिन्छ । विभिन्न अवसरहरूले पछ्याउने छन् । स्वास्थ्य स्थिति राम्रो रहनेछ र काम गर्ने जाँगर बढ्नेछ । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )काम गर्न जाँगर चल्नेछ, उत्साहवर्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । धनको पनि लाभ होला । अपरझट गरिएका काम पुरा भइ धनको लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)बोलीको प्रभाव बढ्नेछ र सजिलै काम बन्ने योग छ । टाढाको यात्राको पनि सम्भावना छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय छ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आज तपाइँको अनावश्यक रूपमा पैसा खर्च हुनेछ । काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनुहोस् । समय त्यति राम्रो छैन, गलत विचार बढ्नेछ र समयमा सहि निर्णय लिन सकिने छैन ।
प्रतिक्रिया दिनुहोस्