काठमाडौं, । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले हिमनदीहरू क्रमशः साना हुँदै गइरहेको र जलावयु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताए ।
‘नेपालमा धेरैजसो जलविद्युत् परियोजनाहरू, सिंचाई आयोजना र दैनिक उपभोग्यका लागि उपलब्ध पानीको स्रोत मुख्य आधार हिमनदीहरू हुन् । यस अर्थमा जलवायु परिवर्तनको प्रभाव न्युनीकरणका साथै हिमनदीहरुको संरक्षण समयमै पूर्वसूचना प्रणाली र सुदृढिकरण र जोखिम न्युनीकरणका उपायहरू अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ,’ ऊर्जामन्त्री खड्काले भने ।
प्रतिक्रिया दिनुहोस्