काठमाडाैं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्दै माओवादी केन्द्रसहित विपक्षी दलका सांसदहरूको विरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
बैठकको सुरुमै माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्तिबहादुर बस्नेतले घिसिङलाई अपमानजनक रूपमा हटाइएको भन्दै सरकारले जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने बताएका थिए ।
सांसद बस्नेतले घिसिङलाई हटाएर सरकारले बिचौलिया र स्वार्थ समूहको हितमा काम गरेको आरोप लगाए । ‘सरकार स्वार्थ समूहको पक्षपोषण र वैशाखीमा निर्मित भएकाले स्वार्थ समूह र बिचौलियाको हित रक्षा र समर्पित गर्नु नियत र नियति बनिरहेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्