Ads

प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि त्यसको विरोधमा अबरुद्ध भएका कारण स्थगित भएको संसद बैठक बिहीबारका लागि सरेको छ।

दुईपटक सूचना जारी गरी करिब ३ घन्टा भन्दा लामो समयदेखि स्थगित बैठक बिहीबारका लागि सरेको सूचना संसद् सचिवालयले दिएको हो।

संसद् बैठक प्रतिपक्षको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भए पनि सूचना टाँस गरेर फेरि ३ बजेसम्मका लागि स्थगित भएको थियो।

सोमबार कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि त्यसको विरुद्धमा प्रतिपक्ष नेकपा माओवादी, रास्वपा, नेकपा एसलगायत दलले संसद् बैठक अवरुद्ध गरेका थिए।

सभामुख देवराज घिमिरेले बेठक सञ्चालनका लागि वातावरण बनाउन प्रतिपक्ष दलहरूलाई आग्रह गरेपनि उनीहरूले संसद्‌मा उभिएर विरोध गरेपछि बैठक आधा घण्टापछि बस्ने गरी स्थगित भएको थियो।

यद्यपि सहमति हुन नसकेपछि संसद् बैठक थप सूचना जारी गरी पर सारिएको थियो। संसद सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार स्थगित भएको २ घण्टाभित्र बैठक बस्न नसकेकाले ३ बजेका लागि अर्को सूचना टाँसिंएको थियो। यद्यपि दलहरूबीच कुनै सहमति नभएपछि संसद् बैठक नै बिहीबारका लागि सरेको छ।

Ads

सम्बन्धित पोष्टहरू