Ads

गणतन्त्रवादीको नारा: कुलमान हटाउन पाइँदैन, ओली सरकार राजीनामा दे


काठमाडौं,। गणतन्त्रवादीले आज (चैत १५) काठमाडौंमा जुलुस निकालेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित आमसभाअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको हो ।

एउटा जुलुस बानेश्वरतर्फ अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । गणतन्त्रवादीको र्‍यालीमा सहभागी भएकाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको तस्बिरअंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । गणतन्त्रका पक्षमा नाराबाजी गरेका छन् ।

बबरमहल हुँदै अघि बढेको गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू