Ads

राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी


नेपाल राष्ट्र बैंकको कायमुकायम गमर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुंगानाले पाएकी छिन्।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।

अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई स्वत:कामुको जिम्मेवारी दिएको हो।

आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ। मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिए पनि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो।

नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन्। उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो। राष्ट्र बैंक गएको ३६ घण्टादेखि गभर्नरविहीन छ।

Ads

सम्बन्धित पोष्टहरू