मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )विशेष सभा–समारोहमा भाग लिने अवसर मिल्नेछ । मानसम्मान प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । साना व्यक्तिको सहयोगबाट ठूला उपलब्धि हासिल गर्न सकिनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत हुनेछ । पढाइमा सुधार देखिनेछ । उद्योग वा व्यापारमा राम्रो लाभ प्राप्त हुनेछ । नयाँ व्यवसाय वा उद्योगको थालनी गर्न सकिने अनुकूल समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )स्वादिष्ट भोजनको आनन्द मिल्नेछ र परिवारजनसँग आत्मीयता गहिरिनेछ । पिताको धन वा सम्पत्तिको सदुपयोगबाट विशेष लाभ मिल्न सक्छ । यद्यपि आर्थिक अभावले केही दबाब पर्न सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )कृषि तथा पशुपालनबाट अपेक्षित लाभ नहुन सक्छ, तर व्यापारमा भने राम्रै लाभ हुनेछ । आर्थिक पक्ष केही कमजोर देखिए पनि विद्यार्थीहरूका लागि समय अनुकूल रहनेछ । स्वास्थ्यमा पेट र छातीसम्बन्धी समस्या देखिन सक्छ, ध्यान दिनुहोस् ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )चुनौतीहरू पार गर्दै रोकिएका कामहरू सफल बनाउन सकिनेछ । धैर्यताका साथ काम गर्नुपर्ने समय हो । बौद्धिक क्षमता र प्रभाव बढ्नेछ, नयाँ अवसरहरू पाइनेछन् । कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यवसायमा विस्तारका संकेत छन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )पुराना प्रयासबाट मनग्य लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । रोकिएका काम अघि बढ्नेछन् । बौद्धिक क्षमता सबल बन्नेछ र मान–सम्मान प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)टाढाको यात्रा गर्ने सम्भावना छ । धन र जनको लाभ पनि मिल्नेछ । आम्दानीका नयाँ माध्यमहरू खुल्नेछन् । यद्यपि रोजगारीमा बाधा आउन सक्ने र स्थानान्तरणका समस्याहरू देखिन सक्छन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )छर–छिमेकमा असमझदारी बढ्न सक्छ, तर समाधान सम्भव छ । धेरै मेहनत गर्दा पनि थोरै मात्र लाभ प्राप्त हुनेछ । घर खर्चमा वृद्धि हुनेछ । दाम्पत्य सम्बन्धमा तनाव उत्पन्न हुन सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )आयमा वृद्धिका साथै पाउने रकम हातपर्ने समय छ । पेटसम्बन्धी समस्याले सताउन सक्छ, स्वास्थ्यमा सचेत रहनुहोस् । साथीभाइ वा परिवारजनबाट धोका पाइने सम्भावना छ, सावधानी आवश्यक छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )नयाँ सीप र ज्ञान प्राप्त हुने समय हो । पढाइमा प्रगति हुनेछ । धर्म, सेवा र समाजप्रति रुचि बढ्नेछ । कृषि तथा पशुपालनबाट राम्रो लाभ मिल्नेछ । यात्रा सफल र फलदायी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)वैदेशिक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ । चिताएको काम बन्ने देखिन्छ । आफन्त वा कुटुम्बको सहयोगबाट विशेष लाभ पाइनेछ । नयाँ कामको सुरुवात हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )खर्च बढे पनि दीर्घकालीन फाइदा हुने क्षेत्रमा लगानीको अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूका लागि अध्ययनमा केही कमजोरी देखिन सक्छ । पारिवारिक समस्या देखा पर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्