काठमाडौँ । यो साता नेप्से परिसूचक ३२.६९ अंकले घटेको छ । अघिल्लो साता २६६३.३० विन्दुमा रहेको नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात् ४०.०९ अंक बढेर २७०३.३९ विन्दुमा पुगेको थियो । तर यो साता बजारमा खरिदकर्ता हाबी हुँदा नेप्से परिसूचक ३२ अंकले घटेको छ ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिनमात्रै बढेर बन्द भएको थियो। साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको थियो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.०८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५२ अंक घटेको थियो । नेप्सेसँगै सोमवार कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.३३ अंक घटेको थियो । नेप्सेसँगै मंगलबार पनि कारोबार रकम ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
साताको तेस्रो कारोबारको दिन बुधवार नेप्से परिसूचक ९.६६ अंक बढेर २६७६.२८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५० अंक बढेको थियो । बुधवार नेप्से बढेको भए पनि कारोबार रकम भने घटेको छ । बुधवार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
साताको अन्तिम कारोबारको बिहीबार नेप्से परिसूचक ५.५७ अंक घटेर २६७०.७० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अंक घटेको छ। बिहीबार नेप्से घटेपनि कारोबार रकम भन बढेको छ ।
बुधबार करिब साढे ४ अर्बको शेयर खरिदबिक्री भएकोमा बिहीबार ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतम ा६ अर्ब ६६ करोडको शेयर किनबेच भएको बजारमा दैनिक औसतमा ५ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ८९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण ५० अर्बले घटेर ४४ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्