मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आज मन मिल्ने साथीको साथ पाइनेछ र प्रेमको बन्धन अझ प्रगाढ बन्ने सम्भावना छ । भेटघाटले दिनको पूर्वार्ध रमाइलो बन्नेछ । धन कमाउने अवसर मिल्नेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । पारिवारिक सम्पर्कले मनमा सान्त्वना मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आज मन मिल्ने साथी भेटिए पनि आफ्ना भावना प्रकट गर्न केही समय पर्खनु उपयुक्त हुनेछ । भविष्यमा फाइदा दिने काम सुरु गर्न सकिने समय हो । दीर्घकालीन आम्दानीको बाटो खोल्ने अवसर पाइनेछ । लामो दूरीको यात्रा सम्भव छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )मित्रहरूको सहयोगले कार्यमा उत्साह मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । यद्यपि सानो आम्दानी भए पनि खर्च व्यवस्थापनमा सतर्क रहनुहोला । छरछिमेकसँग असमझदारी बढ्न सक्छ, बलजफ्ती गर्दा काम विग्रन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )आज अप्ठ्यारा र कठिन कामको चाप बढ्न सक्छ । आश्वासन दिनेहरूले भ्रममा पार्न सक्छन् । अरूको विश्वास गर्दा धोका पाइने सम्भावना छ । व्यापारमा अपेक्षित सफलता नपाइन सक्छ । ईर्ष्यालु व्यक्तिहरूले बाधा पुर्याउन सक्छन्, त्यसैले योजना गोप्य राखेर अघि बढ्नु श्रेयस्कर हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )हिम्मत गरेर अघि बढ्दा विभिन्न अवसर हात लाग्नेछन् । प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । राम्रो पहिरन र मधुर वाणीले आकर्षण बढ्नेछ । मेहनतको प्रतिफल स्वरूप पहिले रोकिएको लाभ पनि प्राप्त हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आज बोलीको प्रभावद्वारा लाभ उठाउन सकिनेछ । परिश्रमले धेरै काम बन्नेछन् । शत्रु र प्रतिस्पर्धीलाई सजिलै परास्त गर्न सकिनेछ । समुदाय हितमा काम गर्न सकिने समय हो । केही दौडधुप गरेपनि अघिका रोकिएका कामहरू बिस्तारै अघि बढ्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)पढाइमा कमजोरी आउन सक्ने संकेत भएकाले सतर्क रहनुहोला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, त्यसैले गोपनीयताको ख्याल गर्नुहोला । आफन्तसँग मतभेद र आर्थिक समस्या उत्पन्न हुन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )आज योजना गोप्य राख्नु उत्तम हुनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा पुन: प्राप्त गर्न सकिनेछ । ईर्ष्यालुहरूबाट सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ र प्रशंसा प्राप्त हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )विविध अवसरले मन उत्साहित बन्नेछ । तर, आफन्तको विश्वास गर्दा समस्या पर्न सक्छ । पारिवारिक भेटघाटको अवसर मिल्नेछ र स्वादिष्ट भोजनको आनन्द पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत हुने समय हो ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )काममा प्रोत्साहन दिने व्यक्तिहरू भेटिनेछन् । रमाइलो जमघट र स्वादिलो खानपानको अनुभव हुनेछ । नयाँ कामको थालनी हुन सक्नेछ । प्रशंसकहरूको संख्या बढ्नेछ । नाम, दाम र इनाम प्राप्त गर्ने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । अप्रत्याशित रूपमा धन लाभ हुने सम्भावना छ । पुराना साथीभाइसँग पुन: भेटघाटको अवसर मिल्नेछ । अलिकति नोक्सानी भएपनि दीर्घकालीन लाभ हुने क्षेत्रमा लगानीको अवसर छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । आलोचकहरू बढ्न सक्छन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । प्रशंसनीय कार्य सम्पन्न हुनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्