Ads

राष्ट्रपतिद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्राकाे शुभारम्भ


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन साेमबार हल्चोक आकाश भैरवको १२ वर्षे जात्राकाे शुभारम्भ गरेका छन् ।

काठमाडौँकाे नागार्जुन नगरपालिका–३ हल्चोकस्थित हल्चोक आकाश भैरव मन्दिर पुगेर उनले जात्राको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देवगणकों पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका थिए ।रासस

Ads

सम्बन्धित पोष्टहरू