Ads

आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले गरे छलफल


काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका अगुवासँग छलफल थालेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपानमा मंगलबार बिहान महामन्त्रीद्वय थापा र शर्माले शिक्षक महासंघका पदाधिकारीलगायत अगुवाहरूसँग छलफल गरेका हुन् ।

शिक्षकहरूको मागबारे महामन्त्रीद्वयले पहलकदमी लिनेगरी छलफल भएको केन्द्रीय कार्यालयले जनाएको छ ।

गत चैत २० देखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू