नेपाल राष्ट्र बैंकले आज (मंगलबार)देखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।
यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्