मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय आएको छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गरेमा अप्ठ्यारा कामहरू पनि सजिलै सम्पन्न हुनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )अध्ययनमा उल्लेखनीय प्रगति हुनेछ । आत्मविश्वासका साथ अघि बढ्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ, साथ साथै सहयोगीहरूको साथ पनि प्राप्त हुनेछ । मनग्य धन आर्जन हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जनका दृष्टिले समय लाभदायक रहनेछ । पारिवारिक आत्मीयता बढ्नेछ । वैदेशिक कार्यमा सफलता मिल्ने सम्भावना छ । मनको डर हट्दै उत्साह बढ्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )निरन्तर मेहनतले नयाँ अवसरहरू हात लाग्नेछन् । दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउने समय हो । केही खर्च लागेपनि योजना सफल हुने सम्भावना प्रबल छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )अनावश्यक दौडधुपमा समय बित्न सक्छ । योजनाहरू गोप्य राखेमा मात्र फाइदा पुग्नेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ । दिगो फाइदा हुने क्षेत्रमा लगानी बढाउन सकिनेछ । दाम्पत्य जीवनमा मतभेद आउन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ । दीर्घकालीन फाइदाका काममा हात हाल्ने उपयुक्त समय हो । तार्किक क्षमताको कदर हुनेछ र सम्मान प्राप्त हुनेछ । नयाँ लाभदायक कार्य प्रारम्भ गर्न सकिनेछ । साझेदारीबाट पनि फाइदा हुने सम्भावना छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आफ्नो कार्यदक्षता देखाएर विशेष उपलब्धि हासिल गर्न सकिनेछ । गुरुजन वा वरिष्ठको सहयोग प्राप्त हुनेछ । व्यवसायमा उल्लेखनीय फाइदा हुने सम्भावना छ । आम्दानीमा बृद्धि भई परिवारका
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )प्रतिस्पर्धीहरूबाट सतर्क रहनु पर्ने समय छ । पहिले गरेका कामहरूको सकारात्मक परिणाम मिल्नेछ । कामको चाप कम हुने सम्भावना छ । तर फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )बोलीको माध्यबाट काम सम्पादन हुने सम्भावना छ । विचार र व्यवहारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा सजिएर व्यक्तित्व निखार्ने अवसर मिल्नेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने हुन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )विभिन्न भौतिक साधनहरू जुट्ने समय आएको छ । उत्साहजनक समाचारले मन प्रसन्न रहनेछ । सन्तानका माध्यमबाट पनि कार्य सफल हुने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सहयोगीहरूको समर्थन नपाउँदा काममा चुनौती उत्पन्न हुन सक्छ । आर्जित धन खर्चिन सक्छ । तर आफ्नै प्रयास र लगनले फाइदा मिल्नेछ । भविष्यका लागि जग बसाउने विशेष अवसर प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )पुराना समस्याहरूले केही झमेला निम्त्याउन सक्छन् । दाम्पत्य जीवनमा शंका र असमझदारी बढ्न सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । काम बिग्रिने डरले मन अस्थिर रहनेछ । बेसमयमा बचन दिनाले अप्ठ्यारो पर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्