एजेन्सी । घानाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै पोर्चुगलले फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। दोहास्थित स्टेडियम ९७४ मा पोर्चुगलले घानालाई ३–२ ले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो।
खेलको ६४ औँ मिनेटमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। घानाका खेलाडीले रोनाल्डोलाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए। जुन अवसरलाई रोनाल्डोले खेर जान दिएनन्।
घानाविरुद्ध सुरुवाती गोल गर्दै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान आफने नाममा लेखाएका छन् ।
७३ औँ मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले २४ औँ अन्तराष्ट्रिय गोल गरेका हुन्। तर त्यसलाई टिमले जोगाउन सकेन।
पोर्चगलका लागि खेलको ७८ औँ मिनेटमा जोआओ फिलिक्सले गोल गर्दै खेललाई २–१ को अग्रता दिलाए। त्यसको ३ मिनेटमा नै राफेल लियोले गोल गर्दै पोर्चगललाई ३–१ को सहज अवस्थामा पु¥याएका थिए। त्यसपछि स्टार खेलाडीहरुलाई विश्राम दिइसकेको पोर्चुगलले ८० औं मिनेटमा गोल खायो।
८० औँ मिनेटमा घानाका ओस्मान बुकाकीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन। यो जितसँगै पहिलो चरणमा ३ अंक बटुलेको पोर्चुगल समूहको शीर्षस्थानमा छ। यसअघि अर्को खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका थिए।
प्रतिक्रिया दिनुहोस्