मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । धर्म कर्ममा मन लाग्नेछ । निभाउन नसक्ने वाचा नगरौँ । साताको मध्यमा पेटसम्बन्धी समस्या देखा पर्न सक्ला । खानपानमा सचेत रहनुहोस् । विद्यार्थीहरुको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)साताको प्रारम्भमा धैर्य वा पराक्रम वृद्धि हुनुका साथै नयाँ कार्य कार्यान्वित गर्न लागि उचित समयको प्रतिक्षा गर्नुहोस् । कार्य क्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला । साताको मध्यमा सन्तानको प्रगतिले मन हर्षित रहनेछ । विद्यार्थीहरूलाई शिक्षामा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । व्यापार व्यवसायबाट मनग्य लाभ मिल्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा आटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्ला । साताको अन्तिममा युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)साताको प्रारम्भमा लगनशीलताले नयाँ उपलब्धिको स्रोत प्राप्त हुनेछ । धार्मिक कार्य सम्पादन हुनेछ । पशु व्यवसायबाट लाभ हुनेछ । साताको मध्यमा नोकरीबाट प्रशस्त लाभ हुने र सम्मान बढ्नेछ । प्रशस्त धन र बहुमूल्य धातु संग्रह गर्ने समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)साताको प्रारम्भमा कार्यक्षेत्रमा कार्यकुशलताले अधिकारी वर्गहरु प्रभावित रहनेछन् । घरपरिवारसँग भ्रमणका योग रहेका छन् । अध्यापनको क्षेत्रबाट सम्मान पाइनेछ । साता को मध्यमा नयाँ व्यापार प्रारम्भ गर्नुभन्दा अगाडि माता पिता वा जानकारको सल्लाह अवश्य लिनुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)साताको प्रारम्भमा पारिवारिक चिन्ताले मन अशान्त रहनेछ । आकस्मिक हानि हुने सम्भावना रहेको छ । साताको मध्यमा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा नयाँ सफलता मिल्नेछ । पुराना गरिएका कार्यको प्रशंसा हुनेछ । व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)साताको प्रारम्भमा कार्य क्षेत्रमा सोचेका कार्य समय भन्दा अगाडि पूरा हुनेछन् । रोजगारको नँया अवसर मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ । कार्य क्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउने छ । साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछ । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । मन ऊर्जावान रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा विद्यार्थीहरुरूलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्नेछ । नोकरी वा पेशामा आयका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सहयोग लिन नबिर्सिनु होला । अरुको झैँ झगडामा पर्नदेखि बच्नुहोस् । साताको मध्यमा मांगलिक वा धार्मिक कार्यमा धन खर्चका योग छन् । साताको अन्तिममा कार्यक्षेत्रमा गुमाएको स्थान प्राप्त हुनाले आफ्नो बर्चस्व स्थापित गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)साताको प्रारम्भमा पारिवारिक चिन्ताले मन अशान्त रहनेछ । आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ । साताको मध्यमा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा नयाँ सफलता मिल्नेछ । पुराना गरिएको कार्यको प्रशंसा हुनेछ । व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)साताको प्रारम्भ स्वास्थ्य लाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा यात्राको सम्भावना छ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । नयाँ वाहन किन्ने सम्भावना छ । रोकिएका कार्यहरू प्रारम्भ हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्