Ads

२०८२ बैशाख ८ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुटेपनि आफ्नै कमजोरीले कार्यमा बाधा उत्पन्न हुनसक्ने समय छ । आफन्तजनले तपाईंप्रति गुनासो वा टीकाटिप्पणी गर्न सक्छन् । हातबाट अवसर गुम्न सक्ने योग भएकोले ध्यान दिएर काम गर्नु उचित होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नयाँ काममा हात हाल्ने समय आएको छ । कीर्तिमानी काम सम्पादन गर्न सकिएला । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ने योग छ । मान र विद्या प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनुका साथै सुखदुःखमा साथ दिनेहरू फेलापर्नाले उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कार्यबोझ बढेपनि हिम्मतले काम बनाउन सकिने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइहरुबाट राम्रै फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुने देखिन्छ । खर्च लागे पनि चिताएको काम बन्ने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन केही चुनौतीयुक्त रहला । खर्च बढ्ने तथा आर्थिक अभावले सताउने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहल । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आज कुनै अवसर प्राप्त भए पनि जाँगरको अभावले अधुरै रहनसक्छ । विपरीतलिंगी एवम् हितैषी मित्रहरूले भने साथ दिनेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सजग रहनुहोला । विशेष ओहदामा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुनसक्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगताको दरकार छ । आफ्नै कमजोरीले कार्यबाधा आइपर्नसक्ने सम्भावना रहेपनि विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काममा हात हाल्ने समय आएको छ । भाग्यबल वृद्धि होला । विशेष उपहार हातलाग्नुका साथै मनोरञ्जनका साधन जुट्ने योग छ । विलासी कर्ममा मन रमाउला । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । कृषि व्यवसायबाट विशेष लाभ मिल्ने दिन छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेम र मित्रताको बन्धन कसिने बेला छ । विपरीतलिंगीको माध्यमबाट लाभ मिल्नेछ भने दाम्पत्य सम्बन्ध सुमधुर बन्ने देखिन्छ । कुनै विशेष काम रोकिएको छ भने पुनः प्रयास गर्नु उपयुक्त हुनेछ । परिवारिक भेटघाटले खुशीयाली वा आनन्द दिलाउनेछ । साथीभाइको सहयोग जुट्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन खासै उत्साहजनक नरहला । धनमाल हराउने, चोरिने वा ठगीमा परिने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आफ्ना या पराया चन्निे सवालमा अलिक दृष्टिभ्रममा परिएला । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन्, सावधान रहनुहोला । आफ्नाबाटै धोका पाइने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विशिष्ट व्यक्तिहरूबाट मानसम्मान प्राप्त हुने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका मित्रजनसँग सम्बन्ध गाँसिएला । आम्दानीको तुलनामा खर्च बढी गर्नुपर्ने देखिन्छ, खर्च नियन्त्रणको लागि विशेष प्रयास गर्नु उचित हुनेछ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । मिष्ठान्न भोजन पनि प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । विगतका कमजोरी सच्याउने अवसर प्राप्त भएपनि परिवारजनमा असमझदारी र मित्रजनसँग असन्तुष्टि बढ्न सक्छ । आर्थिक कारोबारका दृष्टिले राम्रै हिन छ । ब्यापार–व्यवसाय लाभप्रद रहला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले त्यसै–त्यसै सताउने समय छ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलिक सावधानी अपनाउनु हितकर हुनेछ । रचनात्मक क्रियाकलापतर्फ इच्छा भएपनि जाँगर भने चल्ने देखिन्न । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । फजुल खर्च बढ्ने योग छ, खर्च नियन्त्रणको प्रयास गर्नुहोला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन स्वास्थ्य केही कमजोर रहला । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादनतर्फ खासै मन जाने देखिन्न । सोचेका योजना समयमै नबन्नाले असन्तुष्टि तथा मानसिक कष्टकाो अनुभूति होला । भोजभतेर

Ads

सम्बन्धित पोष्टहरू