Ads

२०८२ वैशाख १० गते बुधबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्य सुदृढ रहनेछ र काममा लाभको सम्भावना देखिन्छ । व्यापारमा थोरै मात्र लाभ हुनेछ, तर भविष्यका लागि महत्वपूर्ण कामको जग बसाउने मौका प्राप्त हुनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुनेछन् । भौतिक साधन जुट्नेछन् र आयआर्जनमा पनि प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पशुपालन तथा कृषि क्षेत्रबाट लाभ हुने संकेत छ, तर अकस्मात् स्वास्थ्य समस्या देखा पर्न सक्छ । अरूका काममा समय बित्न सक्छ, जसले गर्दा आफ्नै काममा प्रभाव पर्न सक्छ । काम पूरा नहुँदा मन खिन्न हुने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रयत्न गरेमा महत्वपूर्ण वस्तु वा उपलब्धि प्राप्त गर्न सकिनेछ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । लामो समयदेखि अड्किएको काम बन्ने सम्भावना छ । तर, समयमै सजग नहुनाले काम बिग्रन सक्छ र खर्च बढ्न सक्छ । पढाइमा कमजोरी देखिन सक्छ र लेनदेनमा विवादको सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)चोरी वा ठगीको जोखिम देखिएकाले आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला । अनावश्यक दौडधूपमा समय खर्चिन सक्छ । धेरै प्रयास गर्दा पनि अपेक्षित उपलब्धि पाउन कठिन हुनेछ । शुभचिन्तकको सल्लाह बेवास्ता गर्दा हानि हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमाइलो यात्राको सम्भावना छ । परिश्रमले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । आम्दानीमा वृद्धि हुनेछ र परिवारजनका आवश्यकताहरू पूरा गर्न सकिनेछ । दीर्घकालीन फाइदाका लागि लगानी गर्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिने समय हो । दाम, इनाम र प्रतिष्ठा प्राप्त गर्ने सम्भावना छ । सामाजिक जिम्मेवारी बढ्न सक्छ । कामको सिलसिलामा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ प्राप्त हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुने संकेत छ । कीर्तिमानी कार्य गर्ने अवसर मिल्नेछ । आफ्नै कमजोरीका कारण विवादमा फसिने सम्भावना छ, तर सकारात्मक सोच राख्नेहरूलाई फाइदा हुनेछ । प्रयत्न गरेमा व्यावसायिक कार्यहरू सम्पन्न हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)श्रमको उचित मूल्यांकन हुनेछ । अध्ययनमा प्रगति देखिनेछ । समय उत्साहवर्धक रहनेछ । नयाँ ज्ञान प्राप्त हुने संकेत छ । लाभदायी काम सुरु गर्न अनुकूल समय हो । गरिएको कामको राम्रो मूल्यांकन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)मेहनतले आम्दानीमा वृद्धि हुनेछ । रोकिएको रकम हात लाग्ने सम्भावना छ । साझेदारीबाट राम्रो लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । व्यापारमा विशेष लाभ हुने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)कामको सिलसिलामा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा बढी चासो राख्दा समस्यामा पर्न सकिनेछ । शरीर अस्वस्थ भएपनि जिम्मेवारी बढ्नेछ । सानातिना काममा समय खर्चिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ठूलो प्रयास गरेपनि उपलब्धि हात पार्न कठिन हुनेछ । पारिवारिक टाढापन महसुस हुन सक्छ । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा हानि हुने सम्भावना छ । विश्वास गरिएका व्यक्तिबाट धोका पाइने खतरा छ, सतर्क रहनुहोस् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)सन्तान, अनुयायी वा मातृशक्तिको सल्लाह र सहयोगले लाभ हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै सफल हुनेछन् । व्यवसायमा संलग्न व्यक्तिहरूले विशेष फाइदा पाउनेछन् । रुचिका क्षेत्रमा लगानी गर्ने समय हो । नयाँ अवसरहरू प्राप्त हुनेछन् ।

Ads

सम्बन्धित पोष्टहरू