Ads

भोलि काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुन्छ


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोलि पार्टीले गर्न लागेको युवा भेला ऐतिहासिक हुने दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भेलामा सहभागी हुन सबैलाई आह्वान गरे ।

उनले भने, ‘भोलि पार्टीले आयोजना गरेको युवा भेला गर्दैछौं । १२ बजे भृकुटीमण्डपमा भेला हुनेछौं र त्यहाँ युवाहरूको ऐतिहासिक जमघट हुनेछ र त्यसबाट हामीले उत्पेरित भएर प्रेरणा लिनेछौं । युवाहरूको जमघटबाट हामीले एउटा सन्देश दिनेछौं ।’

अब मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि युवा पुस्ता तयार र सक्षम छ भन्ने सन्देश दिने बताए । युवा पलायन भइरहेको बेलामा देश निर्माण गर्ने भावना जागरित गर्नको लागि युवाहरू संगठितरूपमा अगाडि बढ्नुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू