Ads

शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍यो : माओवादी


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ।

उपमहासचिव  शर्माले शान्तिपूर्ण शिक्षक आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाए । ‘शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि सरकारले लाठीचार्ज, पानीको फोहोरा हानेर घाइते बनाएको प्रति भर्त्सना गर्छु,’ शर्माले भने । उनले विगतमा गरिएका सहमति कार्यान्वयन नगरेर शिक्षकमाथि धोका भएको भन्दै माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा दमन गरेको भन्दै भर्त्सना गरे। संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा असन्तुष्टि जनाए । उनले विगतमा सरकारहरूले शिक्षकसँग गरेको सम्झौता कार्यान्वयन नगरेर धोखा दिएको बताए।

Ads

सम्बन्धित पोष्टहरू