काठमाडौँ महानगरपालिका क्षेत्रमा अब कुकुर बिरालो दर्ताबिना पाल्न नपाइने भएको छ।
महानगरले मंगलबार एक सूचना जारी गर्दै कुकुर बिराला पाल्नेहरुले सम्बन्धित वडामा दर्ता गराएर मात्रै पाल्न आग्रह गरेको छ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ।
त्यस्तै महानगरभित्र कुकुर बिरालो बिक्री वितरण गर्नेले पनि अनिवार्यरुपमा माइक्रोचिपिङ गनुपर्ने छ। सूचनामा भनिएको छ, ‘साथै, काठमाडौँ महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति र संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु्,गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’
प्रतिक्रिया दिनुहोस्