Ads

२०८२ बैशाख १६ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्ने योग भएकोले आजको दिनको पूर्वाद्र्ध रमाइलो हुने देखिन्छ । रोकिएका काम दोहोऱ्याएर गर्ने प्रयत्न गरेमा सफलता मिल्ने समय छ । धनलाभ होला । परिवारजनसँगको सम्पर्क र अनुकूलता वृद्धिले मनमा आनन्द मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु उचित होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिने योग छ । प्रगतिको दर बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तथापि सामान्य आम्दानी जारी रहनुका बाबजुद अर्थ अभावले सताउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने योग रहेकोले व्यवहारमा सजगता अपनाउनु हितकर होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अप्ठ्यारा कामको बोझ थपिन सक्ने दिन छ । काममा दैडधुप र जोखिम बढ्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिने समय छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शुभदायी समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । प्रेमभाव वृद्धि तथा दाम्पत्यसुख बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले धेरै काम बनाउन सकिने दिन छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ भने बोलीको प्रभावले फाइदा दिलाउनेछ । धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): केही चुनौतीयुक्त समय छ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । नातेदारहरुसंग विवाद र झैझगडा पर्न सक्ने येग भएकोले बोली र व्यवहारमा लचकता अपनाउनु उचित हुनेछ । बौद्धिक कार्यमा पछि परिने योग भएकाले सावधान रहनुहोला । आर्थिक समस्या पनि पर्न सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विचारले धेरैलाई प्रभावित पार्न सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । मान–सम्मानपाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । गुमेको प्रतिष्ठा लगनशीलताले दिलाउन सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । पराक्रमका साथै व्यस्तता बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यस्तता बढेपनि परिश्रमअनुसार लाभ प्राप्त हुने योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काम प्रारम्भ हुने समय छ, विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपर्ने योग छ । पराक्रम बढ्नेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने देखिन्छ । व्यापारमा मनग्य लाभ हुने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्ला । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु हितकर होला ।

Ads

सम्बन्धित पोष्टहरू