काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि सानदार जित निकालेको छ ।
गुजरातले दिएको २ सय १० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो ।
राजस्थानका लागि १४ वर्षका किशोर ओपनर वैभव सूर्यवंशी १०१ रन बनाएर आउट भए । उनलाई प्रसिद्ध कृष्णाले बोल्ड गरे । १४ वर्षका वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरे । उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गरेका थिए ।
उनले १८औं सिजनमा सबैभन्दा कम बलमा अर्धशतक पनि बनाएका छन् । उनी सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बने । समग्रमा हेर्दा उनको शतक आईपीएल इतिहासकै दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका हुन् । यस अघि क्रिस गेलले ३० बलमा शतक प्रहार गरेका थिए ।
यस्तै यशस्वी जायसवालले ७० रन बनाउँदा कप्तान रेहान परागले ३५ रनको योगदान दिए । गुजरातका प्रसिद्ध कृष्णा र रासिद खानले एक–एक विकेट लिए । त्यसअघि सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको थियो ।
जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो । गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो । शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाए । राजस्थानबाट महिश तीक्षणाले २ विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १, १ विकेट लिए । हारपछि पनि गुजरात तेस्रो स्थानमा यथावत् छ भने राजस्थान आठौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्