Ads

भाजपाका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा


भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल आएका छन् ।

तीन दिने भ्रमणका क्रममा उनी आज बिहान काठमाडौं आइपुगेका हुन् । भ्रमणका क्रममा उनले उच्च स्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ ।

तीन दिने बसाइमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेता र मधेशी मोर्चाका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।

नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको भाजपाले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू