Ads

जाँचकै क्रममा भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद


काठमाडौं,। सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आज (बुधबार) धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो । चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू