Ads

प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

जनमत र नाउपाको पार्टी एकता घोषणा गर्ने दिन कमलादीबाट उनी पक्राउ परेको बताइएको छ। ‘सोधपुछका लागि प्रहरी आउनुभएको छ ।’ नाउपाका गंगानारायण चौधरीले भने, ‘हामी सबै जना यहीँ छौँ। के कारणले पक्राउ गर्ने प्रहरी आएको हो हामी त्यसबारे सोधखोज गर्दै छौँ।’

काठमाडौं जिल्ला परिषरका प्रवक्ता अपिल बोहराले सर्वोच्च अदालतको फैसला अनुसार पक्राउ गरिएको खबरहबलाई जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू