मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रेमको बन्धनमा कसिने समय छ । तथापि, आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दाम, इनाम र प्रतिष्ठा कमाउनुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ, गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रगतिको दर बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): यात्रागत कार्यमा समस्या आइपर्नसक्ने तथा बाध्यताका काममा जुट्नुपर्ने समय छ । विपरीतलिङ्गीको माध्यमबाट फाइदा पुग्ला । कतै आतिथ्यपूर्ण सम्मान पाइने योग छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ, धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने देखिन्छछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । जोखिम र दौडधुप बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । यसका बाबजुद लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । प्रेमभाव र आरोग्यता बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): स्वास्थ्य सामान्य कमजोर रहेपनि आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ । ब्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, सावधान रहनुहोला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने तथा दाम्पत्यजीवन सुखद बन्ने समय छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि मिल्ने समय छ । तथापि, काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम खेर नजान विशेष सतर्कताको खाँचो छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउन सक्दा सन्तोष मिल्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मिश्रित फलदायी दिन छ । बदनाम व्यक्तिहरूले सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग छ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । शोख पूरा गर्नमा खर्च वृद्धि हुन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): फजुलको ब्यस्तता बढ्ने दिन छ । विगतका समस्या बल्झिन सक्छन् । सहयोगको आशा देखाउनेहरूले पनि झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम वृद्धिका साथै एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । कठिन प्रतिस्पर्धामा पनि विजयी भइने योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्ने देखिन्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय छ । लाभ वा आफ्नो हितका लागि योजना गोप्य राखेर अघि बढ्नुपर्नेछ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने योग छ, सजग रहनुहोला ।
प्रतिक्रिया दिनुहोस्