उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान अर्थमन्त्रालयमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको आपसी हितका विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।
यसअघि चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनले नेपालका विभिन्न नेताहरूसँग भेटवार्ता गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्