Ads

माओवादी केन्द्र प्रदेश सम्मेलनः सहमति नजुटेपछि १ नं.प्रदेशमा मतदान हुने


काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश नं. १मा नेतृत्वमा सहमति नभएपछि मतदान हुने भएको छ । अध्यक्षसहित ९ वटा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि मतदान गर्ने तयारी गरिएको बताइएको छ ।

अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सम्मेलनबाट २ सय ५९ प्रदेश सदस्यमात्रै चयन गरेका थिए।

बुधबार प्रदेश समितिको बैठक बोलाएको छ । बैठक बस्नु अघि एक पटक सर्वसम्मतको प्रयास गर्ने तर सर्वसम्मत हुन नसकेमा निर्वाचन हुने एक प्रदेश सदस्यले बताए ।

प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य बाहिरीएपछि प्रदेश कमिटीका नेताहरुले दाबी गरेका छन्। प्रदेश अध्यक्षका हर्कबहादुर लावती, शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ र मोहनकुमार खत्रीलगायत दाबेदार छन्।

यस्तै अन्य ८ पदाधिकारीमा पनि धेरै नेताहरुले दाबी गरेकाले सर्वसम्मत हुने सम्भावना कम देखिएको एक प्रदेश कमिटी सदस्य बताउछन्। प्रदेशका अध्यक्षसहितका पदाधिकारीका लागि ४० जना भन्दा धेरै दाबेदार देखिएका छन्।

Ads

सम्बन्धित पोष्टहरू