मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । सामान्य काममा पनि हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनुपर्ने योग छ । मनमा दुविधाग्रस्त रहने देखिन्छ । तथापि, सामाजिक काममा नाम रहनेछ । स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय छ । जागिरमा हुनेले विशेष सतर्क भइ कार्य गर्नु हितकर हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रेम र मित्रताको बन्धन कसिने समय छ । वैवाहिक जीवन सुखी हुनेछ । चल-अचल सम्पत्तिको कारोबार हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने योग छ । आजको दिन सुखद यात्राको सम्भावना छ । काम बन्नाले मन रमाउला छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नसोचेको काम बन्ने समय छ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । प्रियजनसंग भेटघाटको योग छ । टाढाबाट धन प्राप्त हुने देखिन्छ । आज परोपकारका काममा विशेष रुपले मन आकर्षित होला । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): खर्च र विवाद बढ्ने तथा शत्रुले सताउनसक्ने समय छ, एकदमै सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विचार पुऱ्याउनुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गरेका काममा ढिलै भए पनि सफलता मिल्ने समय छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । धनजनमा वृद्धि भइ कसैबाट साथ-समर्थन पाइने योग छ । ठुला ब्यक्तिसँग लाभदायक भेटघाट हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको सफलताले थप काम गर्ने हौसला मिल्ने दिन छ । अधुरा कामहरु आज सम्पन्न हुनसक्छन् । धनआर्जनको योग छ । लाभदायी एवम् मनोरञ्जनात्मक यात्राको सम्भावना छ । नयाँ साथीसँग चिनजान हुने देखिन्छ । पराक्रम र मान–महत्व बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मिश्रित फलदायी समय छ । कृषिसम्बन्धी कामबाट विशेष लाभ होला । नयाँ अवसर प्राप्त भएपनि आजको दिन कुनै पनि नयाँ काम नथाल्नु हितकर हुनेछ । लेनदेको काम पनि नगरेकै बेस हुनेछ । पाहुना आगमनको सम्भावना छ । कर्मबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । व्यर्थको खर्च हुनसक्छ, सजग रहनुहोला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानपानमा सजगताको दरकार छ । प्रेममा पनि धोका मिल्ने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुप वृद्धि हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिनसक्ने समय छ । मन दुविधाग्रस्त रहने देखिन्छ । स्वास्थ्य कमजोर रहनसक्छ, जसका कारण सोचेको काम समयमै सम्पन्न नहुने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा भने आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धन आर्जनका नयाँ बाटा खुल्नेछन् । खर्चभन्दा कमाई नै बढी हुने समय छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदै होला । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ने देखिन्छ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष छाउला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने समय छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । धन आर्जनको योग छ । पारिवारिक सुख मिल्ला । ब्यापारमा पनि फाइदा नै हुने देखिन्छ । महत्वपूर्ण कामहरु सजिलैसँग बन्नेछन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकाले धोका दिनसक्छन् । मनमा उदासिनता बढ्नसक्छ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले संयमता अपनाउनु हितकर हुनेछ । पेशागत रुपमा पनि समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव होला ।
प्रतिक्रिया दिनुहोस्