Ads

महिला टी-२० विश्वकप एसिया छनोट: नेपालले बहराइनलाई हरायो


काठमाडौँ, ।  नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ ।तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो ।

वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पुरा गरेको छ । कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे ।

Ads

सम्बन्धित पोष्टहरू