Ads

२०८२ वैशाख ३० गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । रुपैँया पैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिलेपनि मनमा डर रहने छ । उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)पढाइ लेखाइमा रुची बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायिक यात्राको सम्भावना छ । सहयोगीहरूबाट उचित सहयोग पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसँगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भएपनि पुरा हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्य पक्षबाट लाभ प्राप्त हुनेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ, सावधान रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । भूमि, घर अथवा वाहन प्राप्तिको योग छ, अनावश्यक खर्च, कर्जा र चोट पटक लाग्न सक्छ, सावधान रहनु होला ।

Ads

सम्बन्धित पोष्टहरू