Ads

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने


काठमाडौं । १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।

खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

यसअघिको खेलमा नेपालले श्रीलंकालाई ५–० गोलले हराएको थियो भने श्रीलंकाविरुद्ध नै भारतले ८–० गोल गरेको थियो । तर गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा रहेको छ ।

समूह विजेता बन्नका लागि नेपाललाई आजकाे खेल जित्नै पर्ने दबाब छ भने भारतलाई बराबरी गरे पुग्छ ।

Ads

सम्बन्धित पोष्टहरू