Ads

तोलामा ५ सयले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सयले बढेर एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस अघि मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू