Ads

२०८२ जेठ १ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभएपनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको अवसर आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू