Ads

एमालेले कटायो २३ लाख, अब गन्न कति बाँकी ?


काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २३ लाख मत कटाएको छ।

आइतबार मध्यान्ह १२ बजेसम्मको मतगणना अनुसार एमालेले २३,३४,३४५ मत ल्याउँदै अग्रस्थानमा रहेको छ।

त्यसपश्चात क्रमशः कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले मत पाएका छन्। हालसम्म ८४,८४,०२६ मत गणना भएको छ।

देशभर समानुपातिकतर्फको मत गणना जारी रहेको छ ।

करिब १ करोड १० लाख मत खसेकोमा करिव १५ प्रतिशत बदर हुँदा करिव ९४ लाख सदर मतमध्ये ८४ लाख मत गणना भइसकेको छ । अब करिव १० लाख मत गन्न बाँकी छ ।

Ads

सम्बन्धित पोष्टहरू