काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने भएका छन् । राष्ट्रिय सम्मेलनमा ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जनाको सहभागिता रहने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जना प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने बताए । सातवटा प्रदेशबाट ८०३, आयोजक १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ट १२५, केन्द्रीय विभागबाट १०२, र केन्द्रीय प्रतिनिधि २७ सहभागी हुनेछन् ।
सम्मेलनमा प्रदेश नं. १ बाट ९६, प्रदेश नं.२ बाट १०६, बागमती प्रदेशबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४ जना सहभागी हुनेछन् ।
माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्