Ads

कमिसनको विषय पुष्टि गर्न इप्पानलाई धितोपत्र बोर्डको पत्र


काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा कमिसन मागेको विषय बाहिर आएसँगै नेपाल धितोपत्र बोर्डले ऊर्जा उत्पादकसँग प्रमाण मागेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)लाई पत्र पठाउँदै बोर्डले अध्यक्षका बारेमा सार्वजनिक सञ्चारमाध्यममा आरोप लगाएको विषय प्रस्ट्याउन भनेको हो ।

इप्पानलाई चेतावनीको भाषा प्रयोग गर्दै बोर्डले आरोपका सम्बन्धमा कुनै आधार वा तथ्यगत विवरण भएमा उपलब्ध गराउन तथा आधिकारिक धारणा समेत सार्वजनिक गर्न मागेको छ ।

प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा उद्योगीसँग कमिसन माग्न थालेपछि उद्योगीहरू मिडियामा आएका थिए । त्यतिमात्रै होइन, उद्योगी व्यवसायीले कमिसनका विषयमा प्रश्न उठाएपछि अख्तियारले नेपाल धितोपत्र बोर्डमा छापा मारेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू