लुक्लाका लागि काठमाडौंबाट उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ ।
आज बिहान काठमाडौंबाट उडेको फ्लाइट नम्बर ३०१ को समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।
उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए । जहाज सुरक्षित रूपमा अवतरण गराइएको छ । उनीहरू सबै सुरक्षित छन् ।
प्रतिक्रिया दिनुहोस्