प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक बोलाएका हुन् ।
अर्थमन्त्री पौडेल संयोजकत्वको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य छन् ।
आजै बस्ने गरी बैठक आह्वान भएको अर्थमन्त्रालय स्रोतले पुष्टि गर्यो । ओली र देउवासहितको छलफलमै रहेका बेला अर्थमन्त्रीले सिफारिश समितिको बैठक बोलाएका हुन् ।
समितिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल,डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिनासहित ३ जनाको नाम सिफारिश गर्ने सम्भावना छ ।
सिफारिश समितिको बैठकपछि आजै मन्त्रिपरिषद् बैठक समेत बस्ने सम्भावना छ । ४ बजेका लागि मन्त्रिपरिषद् बैठक समेत शेड्युलमा रहेको तर,आह्वान भइनसकेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्