Ads

वर्तमान सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तरता पाउँछ: शंकर पोखरेल


काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् ।

प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताए ।

सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार संचालन गरेको बताए ‘दुई दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन् । महासचिव पोखरेलले भने,’असमझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’

सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एकदलको नीतिमा नभई सामूहिक नीतिका आधारमा चलाइने बताए ।

Ads

सम्बन्धित पोष्टहरू