बैतडीको पाटनबाट शुरू भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ।
रोल्पाको थबाङमा अभियान टोलीको भव्य स्वागत गरिएको छ। स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन्।
थबाङ, जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्त्वपूर्ण सेल्टर थियो । यस्तै, रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो ।
जिल्ला पार्टीले अहिले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित नेताहरूले सम्बोधन गर्नेछन् । अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्